मेरो जून तारा को बगैँचा
अतीत र भविष्यको चिन्तामा डुबेको अनुहार
हजार व्यक्तिका हजार प्रश्न...
दुई पाइला हिँड्दै थाक्न थालेको जीवन
तेई पनि मनमा अझै केहि चाहना र सपना...
अंधियारों बाटो एक्लै हिँड्नुपर्ने
हरेक मुस्कानको मूल्य दिनुपर्ने
रुदा रुदै थाकेका आँखा बोकेर
म हिँडिरहेकी छु त्यहाँसम्म पुग्न
जहाँ ती हजार व्यक्तिका लागि उत्तर छन्,
मेरा आँशुहरूका मूल्य छन्, मेरो अनुहारका खुशी छन्
''मेरो जून तारा को बगैँचा'' मा l
©Anjali
#WalkingInWoods